सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा

  बिहिबार २२, चैत २०८० १९:३३

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका हुन। उनले राजीनामा पत्रमा वर्तमान राजनीतिक परिस्थितिका कारण राजीनामा गरेको उल्लेख गरेका छन् ।

बिहीबार विश्वासको मत लिने तयारी गरेका शाहले पत्रकारसंगको संक्षिप्त कुराकानीमा केही प्रदेश सभा सदस्य उपस्थित हुन नसेकोले विश्वासको मत प्राप्त नहुने भएपछि राजीनामा दिएको आशय व्यक्त गरे ।

उनलाई समर्थन दिने आशा गरिएका प्रदेश सभा सदस्यहरु नागरिक उन्मुक्ति पार्टीका टीका थापा, कैलाश चौधरी र स्वतन्त्र डा। तारा जोशी काठमाडौँमै रहेकाले विश्वासको मत पाउन कठिन भएको थियो ।

उनीहरु धनगढी नआएपछि बिहीबार दिउँसो ३ बजे राखिएको प्रदेश सभा बैठक ५ बजे र फेरि ५ः ३० बजेसम्म सारिएको थियो । तर छ ६ बजेतिर मुख्यमन्त्रीको सचिवालयले मुख्यमन्त्री प्रदेश प्रमुखको निवासमा गएर राजिनामा बुझाउने जानकारी प्रवाह गरेको थियो ।

मुख्यमन्त्री शाहको सरकार कायम रहनलाई हालको ५२ सदस्यीय प्रदेश सभाका २७ जना सांसदको समर्थन आवश्यक थियो । तीन जना अनुपस्थित भएपछि मुख्यमन्त्री शाहका पक्षमा २४ मत मात्र पर्ने देखिएको थियो ।

clock बिहिबार २२, चैत २०८० १९:३३

प्रतिक्रिया