अभिषेकलाई कांग्रेसले बनायो बझाङ प्रदेशसभाको उम्मेदवार
धनगढी । नेपाली कांग्रेसले बहुप्रतिक्षित बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पुराना नेता जगतप्रसाद जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो । देउवाले सिंह र नेता शेखर कोइरालाले जोशीको नाममा अडान लिएका थिए ।
सो क्षेत्रमा एमालेले जिल्ला अध्यक्ष दमन भण्डारी र एकीकृत समाजवादीले दीलबहादुर सिंहलाई उम्मेदवार बनाइ सकेको छ । माओवादीले भने अझै उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।
यद्यपी प्रदेश कमिटीको सचिवालयले प्रदेश सचिव जनक बुढाको नाम सिफारिस गरिसकेको छ । माओवादी र एमालेबीच तालमेल हुने चर्चा पनि चल्दै आएको छ ।
प्रतिक्रिया