नाउपाको नयाँ समानुपातिक सांसदमा तीर्थराज बोहराको नाम सिफारिस

  बुधबार २१, चैत २०८० १६:२७

धनगढी  । नाउपाको नयाँ समानुपातिक सांसदमा तीर्थराज बोहराको नाम सिफारिस गरिएको छ । पार्टीका केन्द्रीय सदस्य रहेका बोहरालाई समानुपातिक सांसदमा सिफारिस गरिएको हो । 

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद तथा राज्यमन्त्री इन्दिरा गिरीलाई कारबाही गर्दै गिरीको ठाउँमा बोहरालाई सिफारिस गरेको हो । उनी टीकापुर निवासी हुन् ।

गिरी पार्टीको विधान र नीति विपरीत सरकारबाट फिर्ता नभएपछि उनलाइ कारबाही गर्दै बोहरालाई सिफारिस गरिएको टीकापुरका मेयर समेत रहेका नाउपाका संस्थापक नेता रामलाल डंगौराले बताए । 

रञ्जिता पक्षीय नेता डंगौराले नै इन्दिरा गिरीलाई कारबाही गरिएको पत्र सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीलाई बुझाएका थिए ।

clock बुधबार २१, चैत २०८० १६:२७

प्रतिक्रिया