राइजिङ स्टार स्कुलका बिद्यार्थी र अबिभावकलाई निशर्ग अस्पतालमा बिषेश छुट

  बुधबार २१, चैत २०८० १४:२१

धनगढी । धनगढी स्थित राइजिङ स्टार बोर्डिङ स्कुलका बिद्यार्थी, अबिभावक र शिक्षक कर्मचारीहरुले निशर्ग अस्पतालमा उपचार गराउँदा बिषेश छुट पाउने भएका छन् । धनगढी उपमहानगरपालिका ६ ढुगेंबजारमा रहेको स्कुलले आफ्ना बिद्यार्थी तथा अबिभावकहरुको स्वास्थ्य उपचारमा सहजता ल्याउन निशर्ग अस्पताल सित सम्झौता गरेको हो । 

स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाही र निशर्ग अस्पतालका कार्यकारी अध्यक्ष तिर्थ पन्तबिच स्कुलका बिद्यार्थी, अबिभावक एवं शिक्षक कर्मचारीको स्वास्थ्य उपचारमा छुट दिनेगरी सम्झौता भएको हो । उनिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

राइजिङ स्टार बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाहीका अनुसार अब स्कलमा अध्यायनरत बिद्यार्थी तथा उनिहरुका अबिभावक र कार्यरत शिक्षक कर्मचारीहरुले निशर्ग अस्पतालमा उपचार गराए वाफत बिषेश छुट पाउने छन् ।

 आफ्ना बिद्यार्थी र अबिभावकहरुलाई सामान्य भएपनि उपचारमा सहज होस भन्ने उद्देश्यले निशर्ग अस्पताल संग छुटका लागी सम्झौता गरेको उनले बताए । यस बिद्यालयमा अध्यायन गरिरहेको प्रमाणका आधारमा अस्पतालले छुट दिने उनले बताए ।

अस्पतालका अध्यक्ष तिर्थ पन्तले उपचारमा सहजीकरणका लागी यस्तै बिभिन्न संग संस्थाहरुको आग्रहमा छुटका लागी सम्झौता गरिएको बताए । निशर्ग अस्पताल सधैँ सेवामुखी भएर काम गरिरहेको बताउँदै पन्तले पैँसा अभावकै कारण उपचार सेवाबाट कुनै नागरिक बञ्चित नहोउन भन्ने उद्देश्य सहित निशर्ग सधैँ सेवारत रहेको दावी गरे ।

clock बुधबार २१, चैत २०८० १४:२१

प्रतिक्रिया