रेशम भेट्न रातारात काठमाडौ गए मुख्यमन्त्री र भौतिकमन्त्री

  सोमबार १९, चैत २०८० २२:३५

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह त्यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन लिन काठमाडौ प्रस्थान गरेका छन् ।

राजीनामा दिने कि, संसद फेस गर्ने भन्नेमा दोधारमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री शाह रातारात काठमाडौ प्रस्थान गरेका छन् ।

मुख्यमन्त्री शाह साँझ ६:४० को श्रीएरलाइन्सको फ्लाइटमा काठमाडौ गएका हुन । उनले देउवा र नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पनि भेट्ने बताइएको छ ।

मुख्यमन्त्री शाहसंगै सरकारका प्रभावशाली मन्त्री प्रकाशबहादुर देउवा पनि काठमाडौ गएका छन् ।

मुख्यमन्त्री शाह विश्वासको मत लिनु पर्ने अवस्था आएमा चैत २२ गते विहीबार लिने मुडमा रहेको उनी निकट स्रोतको भनाइ छ ।

clock सोमबार १९, चैत २०८० २२:३५

प्रतिक्रिया