प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिजयी कैलालिलाई ट्रफि र नगद पुरुस्कार हस्तान्तरण

  बुधबार १३, बैशाख २०८० २१:५०     विश्वास खबर

विराज रोस्यारा,  धनगढी । १३ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएकाे कैलालीलाई ट्रफि र नगद पुरुस्कार हस्तान्तरण गरिएकाे छ ।

सुदूरपश्चिम खेलकुद परीसदका सदस्य सचिव दिपक वहादुर सिहले एक कार्यक्रम बिच कैलालीका अध्यक्ष ललित खत्रीलाई ट्रफि र २५ हजार हस्तान्तरण गरेका हुन ।

सुदूरपश्चिमका बिभिन्न जिल्लामा भएका खेलमा कैलालीले २७ स्वर्ण, १२ रजत, ७ कास्य गरी ४७ पदक हात पारेको थियाे । 

ट्रफि बुझ्दै कैलाली जिल्ला अध्यक्ष खत्रिले खेलाडीकाे मेहनत र लगनशीलताले गर्दा नै पहिलाे भएको बताए । खेलाडी माथि हुने राजनितीका कारण बिगतका बर्षमा कम मेडल पाउने गरेकाे बताउदै उनले अबका दिनमा खेलकुदमा राजनिति बन्द गर्ने बताए । 
सदस्य सचिव सिहले सुदूरपश्चिमको खेलकुद बिकासका लागि सधै लागि रहने प्रतिबद्धता ब्यक्त गरे । सुदूरपश्चिम खेलाडी उत्पादन गर्ने उर्वर भुमि रहेकाे बताउँदै उनले देशकाे खेलकुद सुदूरपश्चिमले धानेकाे बताए । 

यस्तै प्रतियाेगिमा दाेस्राे हुने कन्चनपुर र तेस्राे हुने डडेल्धुरालाई पनि ट्रफि र नगद पुरुस्कार हस्तान्तरण गरकाे छ । ट्रफिसगै कन्चनपुरले नगद १५ हजार र डडल्धुराले नगद १० हजार प्रदान गरिएको हाे । 

कन्चनपुरले १० स्वर्ण, १४ रजत, १० कास्य गरी ३४ पदक हात पार्दै दोस्रो भएको थियाे भने डडेल्धुराले ४ स्वर्ण, ८ रजत, ९ कास्य गरी २१ पदक हात पारेको थियाे ।

clock बुधबार १३, बैशाख २०८० २१:५०     विश्वास खबर

प्रतिक्रिया