राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्ने सुदुरपश्चिमका खेलाडीको टीम काठमाण्डौँ प्रस्थान

  बुधबार १३, बैशाख २०८० १७:०१

विराज रोस्यारा,  धनगढी । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्ने सुदुरपश्चिमका खेलाडीको टीम काठमाण्डौँ प्रस्थान गरेको छ । काडमाण्डौँमा आयोजना हुने १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्न सुदुरपश्चिमको टीम काठमाण्डौँ प्रस्थान गरेको हो ।

काठमाण्डौँ जाने टीमलाई सुदूरपश्चिम खेलकुद परीसदका सदस्य सचिव दिपकवहादुर सिंह, कैलाली जिल्ला अध्यक्ष ललीत खत्रिले जितको शुभकामना ब्यक्त गरेका थिए । 

सदस्य सचिव सिंहले सुदूरपश्चिम सबै खेलमा अरु प्रदेश भन्दा रहेको र बलियो मनोबलका साथ खेल प्रदर्शन गर्न सबैलाई आग्रह गरे । जिल्ला अध्यक्ष खत्रिले खेलाडीहरुले उच्च मनोवलका साथ खेल प्रदर्शन गरे सुदूरपश्चिम पहिलो हुने दाबि गरे । 

clock बुधबार १३, बैशाख २०८० १७:०१

प्रतिक्रिया