अनेरास्ववियुबाट रक्षा बमलाई निलम्बन

  बिहिबार १५, चैत २०८० १४:३७

धनगढी । कैलालीको धनगढी घर भएकी रक्षा बमलाई निलम्बन गरिएको छ।आपराधिक लाभ लिएको अभियोगमा प्रहरी हिरासतमा रहेकी संगठनको स्थायी कमिटी सदस्य बमलाई अनेरास्ववियुले निलम्बन गरेको हो। 

संगठनका अध्यक्ष समिक बडालले उनलाई निलम्बन गरिएको विज्ञप्तिमार्फत् जानकारी दिएका हुन्। ‘अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम उपर परेको उजुरीमा प्रहरी अनुसन्धान भइरहेको भन्ने समाचार प्रकाशित भएकोमा उक्त प्रक्रियामा निष्पक्ष अनुसन्धानको गर्न नेपाल प्रहरी समक्ष जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरुमाथि उजुरी परेकै आधारमा निजी जीवनमाथि आक्रमण गर्ने र उनको चरित्र हत्या गर्ने कार्य भइरहकाप्रति संगठनको ध्यानाकर्षण भएका विज्ञप्तिमा उल्लेख छ। ‘अनेरास्ववियु कानुनी राज्यको वकालत गर्ने संगठन भएको हुनाले प्रहरी अनुसन्धानमा संगठनको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं।

यो प्रक्रिया अवधिभर रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छौं,’ अध्यक्ष बडालले भनेका छन्। बमलाई आपराधिक लाभ लिएको उजुरीको आधारमा मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

clock बिहिबार १५, चैत २०८० १४:३७

प्रतिक्रिया