नागरिक उन्मुक्तिले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने

  बुधबार १४, चैत २०८० १५:०६

टीकापुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको बैठकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

सो पार्टीले सबै तहका सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय समेत गरेको छ । बैठकमा संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको सहभागिता थियो ।

आजको निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका मेयर रामलाल डंगौराले बताए ।

बुधबारको बैठकमा सुदूरपश्चिम प्रदेश सभाका सात जना प्रदेश सभा सदस्यहरुमध्ये विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरी र पूर्वराज्यमन्त्री कैलाशी चौधरीको मात्रै सहभागिता रहेको थियो । संस्थापक रेशम चौधरी भने जापान गएका छन् ।

clock बुधबार १४, चैत २०८० १५:०६

प्रतिक्रिया