दार्चुलाको लेकमका १३ विद्यालय समायोजन

  सोमबार १२, चैत २०८० ०७:३३

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा चालू आर्थिक वर्षमा १३ वटा विद्यालय समायोजन भएका छन् । विद्यार्थी संख्या कम रहेका पालिकाभरीका विभिन्न १३ वटा विद्यालयहरुको तह कक्षा घटाइएको छ । भने शिक्षक दरबन्दी मिलान गरिएको छ ।

गाउँमा विद्यार्थी पाउनै छाड्यो, एकातिर शिक्षक मात्रै हुने तर विद्यार्थी नहुने अवस्था आएपछि विद्यालय समायोजन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख केशब राज ओझा बताए । पालिकाभरीका अधिकाश शिक्षक शिक्षिकाहरुको समेत अन्तर विद्यालय स्तान्तरण गरिएको लेकम गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभरी ४७ विद्यालयमा कुल ३ हजार ७ सय ७ जना विद्यार्थी अध्ययनरत रहेका छन । एकातिर शिक्षाको गुणस्तर खस्किदै जानु र विद्यार्थी पलायन रोक्न पनि समायोजन र दरबन्दी मिलान आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले लामो समयदेखि रोकिएर रहेको शिक्षक दरबन्दी मिलान गरेको हो । शिक्षामा सुधार गर्ने उद्देश्य अनुरुप गाउँपालिकाले शिक्षक दरबन्दी मिलानको कार्य सकेको हो । शिक्षक दरबन्दी मिलान गर्दा विद्यार्थी अनुपात, भौगोलिक नक्साङ्कनलाई प्राथमिकता दिइएको छ ।

कुनै विद्यालयमा शिक्षक बढी विद्यार्थी कम, कोही विद्यालयमा विद्यार्थी बढी शिक्षक कम हुने अवस्थाको अन्त्य गरिएको लेकम गाउँपालिकाले जनाएको छ । शिक्षामा सुधार ल्याउने नीति अनुरुप गाउँपालिकाले लामो गृहकार्य गरेर समायोजन र दरबन्दी मिलानको काम सकेको हो ।

गाउँपालिकाले बस्तीस्तरमै गएर विद्यालयको भौगोलिक अवस्था, सबै विद्यालयका विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, गाउँपालिकामा बृहत अन्तरक्रिया, राजनीतिक दल, शिक्षक संघ संगठनको सहमति गराएको थियो ।

clock सोमबार १२, चैत २०८० ०७:३३

प्रतिक्रिया