केन्द्रीय सदस्य शर्माले छाडे माओवादी

  बिहिबार ०८, चैत २०८० ०९:५५

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी छाडेका छन्।

संविधान सभा सदस्य समेत रहेका शर्माले माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आफूलाई आत्मग्लानी भएको भन्दै बिहीबार पार्टी त्यागेको घोषणा गरेका हुन्।

१७ हजारको ज्यान लिएको माओवादी सशस्त्र द्वन्द्वलाई कलंकित गर्ने काम भएकाले आफूले माओवादी छाडेको शर्माले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।

द्वन्द्वकालमा आफैले उठाएको मुद्दाबाट माओवादी च्युत हुँदै गएको र माओवादी पार्टी,  पार्टी नभएर गुटै गुटका महासंघमा रुपान्तरण भएकाले पार्टी छाड्नु परेको शर्माको निश्कर्ष छ।
 

clock बिहिबार ०८, चैत २०८० ०९:५५

प्रतिक्रिया