चैतन्य पाठशालाद्धारा धनगढी हरियाली प्रवद्र्धन कार्यका लागि एक लाख सहयोग

  बिहिबार ०८, चैत २०८० ०७:२५

धनगढी । कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले धनगढी उपमहानगरपालिकाले थालनि गरेको हरियाली प्रवद्धन कार्यका लागि एक लाख रुपैँया सहयोग गरेको छ।

उपमहानगरपालिकाले चालेको तेस्रो चरणको अभियानलाई सफल पार्नका लागि बुधवार २० ओटा बिरुवा बराबर एक लाख रुपैँया सहयोग गरको उक्त विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले बताए।

उपमहानगरले कार्यक्रमलाई सार्थक पार्न सहयोग गर्नेका लागि ४१७०१००३०५०१०००२ नम्बरको राष्ट्रिय बाणिज्य बैँकमा खातानै सञ्चालनमा ल्याएको छ। 

clock बिहिबार ०८, चैत २०८० ०७:२५

प्रतिक्रिया