धनगढीको बिकास हुन नदीन ब्यक्ती र समुहबाट षड्यन्त्र हुन थाल्यो - मेयर हमालको सचिवालय

  बुधबार ०७, चैत २०८० १६:३९

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको सचिवालयले मेयरको लोकप्रियता बढ्दै गएपछि उनका बिरुद्ध बिभिन्न षडयन्त्र हुन थालेको बताएको छ । सचिवालयले स्थानीय तहको निर्वाचनमा सम्पूर्ण प्रतिस्पर्धीभन्दा दोब्बर मत लिएर निर्वाचित भएका हमालको काममा अफ्ट्यारो पार्ने अनेक प्रयास मञ्चन भइरहेको जनाएको छ । जग्गा दलालहरुले गणेश रानालाई विष सेवन गर्न लगाएर मेयरलाई गलाउने प्रयास गरेको सचिवालयले जनाएको छ ।

गत मंसिरमा धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले जग्गा प्लटिङ्ग सम्बन्धी कार्यविधि २०८० पारित गरेको थियो। कार्यविधिमा नयाँ प्लटिङ्गमा १०मिटर चौडा सडक हुनुपर्ने र प्लटिङ जग्गाको ५ प्रतिशत जमिन सार्वजनिक प्रयोगका लागि राख्नुपर्ने प्रावधान राखिएको छ।

कार्यविधि राजपत्रमा प्रकाशित हुना साथ उक्त प्रावधानको बिरोधमा धनगढीका जग्गा ब्यवसायी अन्दोलित भएका थिए। धनगढीका जग्गा कारोबारीले गत माघ १० मा उपमहानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा  दर्ता गरेका थिए।

धनगढीका जग्गा कारोबारी उमेश गिरिले उपमहानगरपालिका विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन्। सचिवालयले विष सेवन गरेर सेती प्रादेशिक अस्पतालमा उपचाररत गणेश रानाले गत शुक्रवार राति ९ बजेर ३४ मिनेटमा मेयर हमाललाई ह्वाटसपमा धम्कीपूर्ण सन्देश पठाएको जनाएको छ ।

म्यासेज आउनु अघी सर्बसाधारणले मेयर हमाललाई सचेत भएर हिँड्न सुझाव समेत दिएको जनाइन्छ । हमालले शुक्रबार राति जग्गा कारोबारी रानाले धम्की दिएपछि असुरक्षा महसुस गर्दै सोमबार प्रहरीमा जाहेरी दिएका थिए।

आइतबार बिहान राना सहितको जग्गा कारोबारीको टोलीले उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका थिए। जग्गा कारोबारीले धनगढी उपमहानगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित चार जनालाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरिएको छ।

clock बुधबार ०७, चैत २०८० १६:३९

प्रतिक्रिया