धनगढीको मणिलेक स्कुलले गर्‍यो बिद्यालय वरीपरी सरसफाइ

  सोमबार ०५, चैत २०८० २१:१५

धनगढी । धनगढीको मणिलेक ईन्टरनेशनल स्कुलले बिद्यालय वरीपरी सरसफाइ गरेको छ । धनगढी ३ चटकपुरमा रहेको स्कुलले बिद्यालय वरीपरी ५०० मिटर सरसफाइ गरेको हो । 

मणिलेक ईन्टरनेशनल स्कुलका प्रध्यानाध्यापक खडक कुवरले स्कुल वरिपरिको सडक र टोलमा सरसफाइ गरेको बताए । उनले बिद्यार्थीलाइ किताबी ज्ञानसँगै सामाजिक कार्यमा अग्रसर गराउन सरसफाइ कार्यक्रमको आयोजना गरेको बताए । 

May be an image of 16 people and street

धनगढी उपमहानगरपालिकाले सुरु गरेको हाम्रो धनगढी सफा धनगढीलाई सफल बनाउन सामुदायिक सरसफाइ अभियान सुरु गरेको उनको भनाइ छ । उनले बिद्यार्थीलाइ पढाइसँगै व्यवहार व्यवहारिक ज्ञान दीने गरेको जानकारी दिए । 

उनले स्कुलमा बिद्यार्थिलाई  पढाइमा मात्रै जोड दीने नभएर अतिरिक्त क्रियाकलापमा समेत जोड दीने गरेको बताए । 

May be an image of 10 people and text

मणिलेक इन्टरनेशनल स्कुलमा फराकिलो र सु सज्जित कक्षा कोठा, तालीम प्राप्त शिक्षक शिक्षिकाहरू, व्यवस्थित कम्यूटर ल्याव र मन्टेश्वरी ल्याब, प्रयोगात्मक विज्ञान र रोवोटिक्स प्रयोगशाला, विशेषता रहेका छन् ।

यस्तै पर्याप्त खेल मैदान र खेल्ने कोठा, नियमित फिल्ड भ्रमण, नियमित गायन तथा नृत्य कक्षाहरू सञ्चालन हुने गरेको बताउँदै कुवरले स्कुल भित्र बिद्यार्थिले गर्ने बिबिध गतिबिधिको निगरानी सि. सि. टी. भि. बाट समेत गर्ने गरीएको बताए ।

May be an image of 6 people and text

clock सोमबार ०५, चैत २०८० २१:१५

प्रतिक्रिया