स्ववियु निर्वाचनको एक वर्ष : धनगढीको ऐश्वर्या क्याम्पसमा के के भए काम ?

  सोमबार ०५, चैत २०८० १४:२४

धनगढी । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको एक वर्ष पूरा भएको छ। 

गत वर्ष आजकै दिन त्रिविका आंशिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको थियो।

जस अन्र्तगत धनगढीको धनगढीको ऐश्वर्या बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचनको एक बर्ष पुरा भएको छ । 

सोही अवसरमा ऐश्वर्या क्याम्पसको स्ववियुले आफ्नो एक बर्षको उपलब्धी सार्वजनिक गरेको छ ।

स्ववियु सभापति कुवेर खड्काले सार्वजनिक रहेको एक बर्षको प्रगतिमा २२ ओटा कामहरु यी रहेका छन् ।
१. स्ववियुको कार्यालय व्यवस्थापन ।
२. स्ववियुका छुट्टै बैंक खाता सञ्चालन ।
३. क्याम्पस प्रशासन र शैक्षिक विभाग र स्ववियुका वार्षीक कार्यक्रमहरु समाबेश गर्दै स्ववियु क्यालेन्डर प्रशासन गरि सबै विद्यार्थीहरुलाई निशुल्क वितरण ।
५. नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम ।
६. फोहोर ब्यबस्थापन गर्न प्रत्येक कक्षा कोठामा डस्टबिनको व्यवस्था ।
७. सवारी दुर्घटनालाई न्यूनीकरण गर्न विभिन्न क्याम्पस अगाडि जेब्राक्रसिङ्ग निर्माण ।
८. विश्व बातावरण दिवसको अवसरमा क्याम्पस परिषर सरसफाइ तथा वृक्षारोपण ।
९. बिद्यार्थीहरुको उपचारको लागि विभिन्न शिर्षकहरुमा छुटको व्यवस्था गर्न सौभाग्य अस्पतालसंग सम्झौता ।
१०. महिलाहरुको बिशेस पर्व हरितालिका तिज ९दरखाने दिनको०को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम ।
११. छात्राहरुको महिनावारीको बेला चाहिने सेनिटरी प्याडलाई व्यवस्थित गर्न भेन्डिङ्ग मेसिन जडान ।
१२. सहजपुर सडकखण्डमा बाढीपहिरोका कारण घरबार बिहिन भएका पिडितहरुलाई राहत स्वरुप खाद्यन्न सहयोग ।
१३. क्याम्पसमा छुट्टै भलिवल कोर्ट निर्माण ।
१४. सर्वाधिक पुरस्कार राशीको प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता सम्पन्न ।
१५. इजराइल युद्धमा फसेका नेपाली बिद्यार्थीहरुको उद्दारको माग गर्दै संयुक्त विद्यार्थी संगठनसंग सहकार्य गरेर दबाबमुलक आन्दोलन ।
१७. रक्तदान कार्यक्रम ।
१८. एक दिने औधोगिक भ्रमण र परियोजना कार्यमा बाहिर जाने बिद्यार्थीहरुको लागि बसको निशुल्क व्यवस्था ।
१९. सरस्वती पुजाको अबसरमा बक्तृत्वकला प्रतियोगिता संचालन ।
२०. क्याम्पसको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिहरुलाइ सम्मान कार्यक्रम ।
२१. स्नातक तह प्रथम बर्ष र स्नातकोत्तर तह प्रथम सेमिस्टरका नवआगन्तुक बिद्यार्थीहरुको स्वागत कार्यक्रम ।
२१. अधुरो रहेको २ कोठे भवन निर्माण, फर्निचर र क्याम्पस बस सञ्चालन गर्न सहयोगका लागि क्याम्पस प्रशासनसंग समन्वय गर्दै सामाजिक बिकास मन्त्रीलाइ ज्ञापन पत्र ।
२२. बिद्यार्थीहरुले स्नातक तहका ४ वटै बर्ष र स्नातकोत्तर तहमा ५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने निर्णय गर्दै संचालक समितिद्वारा कार्यविधि पारित ।

clock सोमबार ०५, चैत २०८० १४:२४

प्रतिक्रिया