डोटीका भट्टले सम्हाले गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी

  आइतबार ०४, चैत २०८० २१:२६

धनगढी । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन् ।

नवनियुक्त प्रदेश प्रमुख भट्टले आइतबार प्रदेश प्रमुखको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

मन्त्रिपरिषद्को फागुन २८ गते बसेको बैठकले भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

डोटीका भट्ट गण्डकीका पाँचौँ प्रदेश प्रमुख हुन् । यसअघि पृथ्वीमान गुरुङ प्रदेश प्रमुख थिए ।

clock आइतबार ०४, चैत २०८० २१:२६

प्रतिक्रिया