धनगढीको मोती चोकबाट ७ जना जुवाडे पक्राउ

  आइतबार ०४, चैत २०८० ०७:१५

धनगढी । धनगढी उपमहानगरपालिका–७ मोती चोकस्थित कैलाली होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सहित सात जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी–७ का ४५ वर्षीय होटल सञ्चालक वीरबहादुर साउद लगायत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ६ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

clock आइतबार ०४, चैत २०८० ०७:१५

प्रतिक्रिया