जय नेपाल कप २०८०ः दुर्गालक्ष्मी र त्रिपुरा सुन्दरी क्याम्पस सेमिफाईनलमा

  मङ्गलबार २९, फागुन २०८० १९:१०

धनगढी । कैलालीको धनगढीमा भईरहेको जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा कैलालीको दुर्गालक्षमी बहुमुखीक्याम्पस र बैतडीको त्रिपुरा सुन्दरी वहुमुखी क्याम्पस विजयी भएका छन् ।

नेपाल विद्यार्थी संघ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा भईरहेको प्रतियोगितामा आजका खेलमा जित हात पार्दै दुवै टोली सेमिफाईनल पुगेका छन् । 

धनगढीको फाप्ला मैदानमा भएको पहिलो खेलमा त्रिपुरा सुन्दरी बुहुमुखी क्याम्पसले डोटी बुहुमुखी क्याम्पसमाथि महाकाली बहुमुखी क्याम्पसमाथि एक सय १७ रनको फराकिलो जित हात पारेको छ ।

पहिले ब्याटिङ गर्दै त्रिपुरा सुन्दरीले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा एक सय ७८ रनको योगफल बनायो । टीमका लागि प्रकाश पाण्डेयले अर्धतकीय पारी सहित ७२ रन बनाए । टीमका लागि राज विसी ३९ र राजु रिजालले ३० रन बनाए ।

विशाल लक्ष्य पछ्याएको महाकाली वहुमुखी क्याम्पस भने १३ दशमलव ४ ओभरमा सबै विकेट क्षतिमा ६१ रनमा अलआउट भयो । टीमका लागि निशान खनीया र सागर घिमिरेले १४÷१४ रन बनाउनु बाहेक अन्यले दोहोरो रन अंक छुन सकेनन् । त्रिपुरा सुन्दरीका लागि निराजन गौतमले ३ र युवराज खड्काले २ विकेट लिए । खेलमा त्रिपुरा सुन्दरीका प्रकाश पाण्डेय म्यान अफ द म्याच भए । उनले नगद दुई हजार सहित ट्रफी पाए । 

आज भएको दोस्रो खेलमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले डोटी बहुमुखी क्याम्पसलाई ५२ रनले हरायो । पहिले ब्याटिङ गर्दै दुर्गालक्ष्मीले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा एक सय ९५ रन बनायो । टीमका लागि केशव डिसीले अर्धतकीय ६२ रनको पारी खेले । टीमका लागि खगेन्द्र जोशीले ४१ र सुजन गौतमले २५ रन बनाए । डोटीका लागि अनिल पार्कीले ३ विकेट तथा सन्जय बोहोरा र ह्यद विडारीले दुई दुई विकेट लिए ।

एक सय ९६ रनको लक्ष्य पछ्याएको डोटी बहुमुखी क्याम्पसले १९ दशमलव ५ ओभरमा सबै विकेट क्षतिमा १ सय ४३ रनमा आलआउट भयो । टीमका लागि आयुष द्धारीयाले ३० रन र ह्यद विडारीले २० रन बनाए । दुर्गालक्ष्मीका लागि सुशिल साउँदले ४ विकेट लिदा लक्ष्मण कडायतले दुई विकेट लिए । खेलमा दुर्गालक्ष्मीकाकेशव डिसी म्यान अफ द म्याच भए । उनले नगद दुई हजार सहित ट्रफी पाए । 

टी २० प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, उत्कृष्ट बलर र ब्याटरले जनही पन्ध्र हजार, उदयमान खेलाडीले नगद दश हजार र म्यान अफ द म्याचले जनही दुई हजार एवं ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 


 

clock मङ्गलबार २९, फागुन २०८० १९:१०

प्रतिक्रिया