सुदूरपश्चिमका भट्ट गण्डकी प्रदेशको प्रमुखमा सिफारिश
धनगढी । गण्डकी प्रदेशको प्रमुखमा धनगढीका डिल्लीराज भट्ट सिफारिश भएका छन् । नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य समेत रहेका भट्टलाई नेपाल सरकारले गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गर्न सिफारिश गरेको हो ।
मन्त्रीपरिषदको बैठकले भट्ट सहित मधेस प्रदेशका लागि सुमित्रा भण्डारी र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँलाई प्रमुख नियुक्त गर्न मन्त्रीपरिषदले सिफारिश गरेको हो ।
२०२१ सालबाट राजनिति शुरु गरेका भट्ट ७३ बर्षका पुगे । शिक्षण पेषा संगै राजनिति शुरु गरेका भट्ट १८ बर्षकै उमेरमा बिद्यालयका प्रधानाध्यापक समेत बनेका थिए । सुकुम्बासी आयोगको अध्यक्ष समेत बनेका उनि भद्र नेताका रुपमा परिचित छन् ।
प्रतिक्रिया