अध्यक्ष श्रेष्ठको स्वास्थ्यमा समस्या आएपछि नाउपाको बैठक स्थगित

  सोमबार २८, फागुन २०८० १५:०९

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठको स्वास्थ्यमा समस्या आएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा पार्टी केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको थियो। स्थगित बैठक अब कहिले बस्छ भन्ने अनिश्चित बनेको छ।

पार्टी नेतृत्वको विषयमा रेशम चौधरी(रञ्जिताबीच खटपट चलिरहेको छ । यस विषयमा पनि बैठकमा छलफल हुने सम्भावना थियो ।

clock सोमबार २८, फागुन २०८० १५:०९

प्रतिक्रिया