नाउपाका संस्थापक केन्द्रीय सदस्यको आकस्मिक बैठक आह्वान

  शनिबार २६, फागुन २०८० १९:२५

धनगढी । नागरिक उन्मुक्ति पार्टीले संस्थापक केन्द्रीय सदस्यको आकस्मिक बैठक आह्वान गरेको छ। देशको बदलिँदो राजनैतिक अवस्था लगायत महत्त्वपूर्ण छलफल गर्ने भन्दै २८ गतेको लागी बैठक आह्वान गरिएको छ।

निर्वाचन आयोगले अध्यक्षमा रेशम चौधरीलाई वैधानिकता नदिएपछि पहिलो पटक संस्थापक केन्द्रीय सदस्यको बैठक नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले आह्वान गरेकी हुन्। 

सुदूरपश्चिम सरकारमा नाउपा सहभागी भएसङ्गै पार्टी भित्र तीव्र असन्तुष्टि बढेको छ। हिजो काङ्ग्रेस नेतृत्वको सरकारमा नाउपाका तीन जनाले शपथ गरेका थिए।

पार्टी केन्द्रीय नीति विपरीत उनीहरू सरकारमा गएको भन्दै पार्टी अध्यक्ष श्रेष्ठले फिर्ता हुन निर्देशन दिइसकेकी छन्। तर प्रदेशमा अहिले सम्म मन्त्री फिर्ता हुने वा समर्थन फिर्ता लिने बारे कुनै निर्णय भएको छैन। सरकार बाट फिर्ता नभर कारबाही गर्ने चेतावनी दिइएको थियो। 

clock शनिबार २६, फागुन २०८० १९:२५

प्रतिक्रिया