सुदुरपश्चिम सरकारमा सहभागी पछि फुटको सघांरमा नागरिक उन्मुक्ती

  शनिबार २६, फागुन २०८० ०९:३३

धनगढी  । टीकापुर महाधिवेशनबाटै सतहमा आएको रेशम चौधरी र रञ्जीता श्रेष्ठ चौधरी बीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्नेमा त उत्कर्षमा पुुगेको छ । पार्टी अध्यक्ष रञ्जीताले मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिनु भनि निर्देशन दिएका बेला रेशमले शुक्रबार मध्यराती ३ जनालाई शाहकै सरकारमा सपथ खुवाएका छन ।

रेशम पक्षका दुुई जना प्रदेश सभा सदस्यले शुक्रबार राती मन्त्री र एकजनाले राज्यमन्त्रीको सपथ खाएका छन भने रञ्जीताको नजिक मानिएका कैलाश चौधरीलाई खाईपाई आएको राज्यमन्त्रीबाट पनि हटाईएको छ । अझ पार्टीमा सिनियर मानिएका लक्ष्मण किशोर चौधरीलाई पनि कुनै मन्त्रालय दिईएन । लक्ष्मण किशोर नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका पूर्व नेता पनि हुन ।

अहिले पद नपाएका तीन प्रदेश सभा सदस्य मध्ये लक्ष्मण किशोर र कैलाश चौधरी काठमाण्डौंमा छन भने टीका थापा भारतमा रहेको बताईएको छ । स्रोत भन्छ, ‘लक्ष्मण किशोर र कैलाश दुुबै जना रञ्जीताका विश्वास पात्र हुन ।’ रेशम चौधरी केन्द्रमा प्रतिपक्षमा बस्ने र प्रदेशमा कमल बहादुर शाह नेतृत्वको सरकारलाई नै समर्थन यथावत राख्ने पक्षमा र रञ्जीता श्रेष्ठ चौधरी नयाँ गठबन्धनमा जाने र प्रदेशमा मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अडानमा रहेकाले दुुबैबीचको अन्तरविरोध उत्कर्षमा पुुगेको हो ।

निर्वाचन आयोगको निर्णयपछि पार्टी अध्यक्षको भूमीकामा पुुगेकी रञ्जीता श्रेष्ठ चौधरीले शुक्रबार सरकारमा जाने बारेमा कुनै सरसल्लाह नगरिएको बताईन । ‘म पार्टीको अध्यक्ष हुँ, मसँग कुनै सरसल्लाह नै नगरिकन प्रदेश सरकारमा मन्त्री थपिएछन । मैले संसदीय दलको नेतालाई सरकारको समर्थन फिर्ता दिन र सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाउन निर्देशन गरिसकेको छु’ अध्यक्ष रञ्जीताले भनिन ।

उनले पार्टीको ह्विप नमान्नेलाई कारवाही हुने बताईन । ‘दलिय ब्यवस्थामा पार्टीको ह्विप नमान्नेलाई कानूनतह कारवाही हुन्छ । त्यस अवस्थामा पुुग्न नपरोस भन्ने नै हो’ उनले भनिन । उनले नागरिक उन्मुक्ति पार्टी नयाँ सत्ता गठबन्धनमै रहेको बताईन । ‘विहीबारको सदनमा हामी सत्ता पक्षमै बस्यौं नी’ उनले भनिन । ‘यो भनेको नयाँ सत्ता गठबन्धनलाई समर्थन गरेको होईन रु’

शुुक्रबार रेशम चौधरीले मुख्यमन्त्री कमल बहादुर शाहलाई भेटेर समर्थन यथावत राख्ने र राप्रपाको समर्थन माग्न सुुझाएको स्रोतले बतायो । रेशमले, आफ्नो पार्टीका तीन जनालाई मन्त्री बनाई हाले उनीहरु पनि यताउता नहुने भन्दै मुुख्यमन्त्री शाहलाई शुक्रबार नै सपथ दिलाउन आग्रह गरेको पनि स्रोत बताउछ ।

मुख्यमन्त्री कमल बहादुर शाहसँग काँग्रेसका १८, उन्मुक्तिका ७ र स्वतन्त्र १ जना गरी २६ जनाको समर्थन कायमै रहेको छ । राप्रपाले समर्थन गरे मुख्यमन्त्री शाहलाई बहुमत पुुग्छ । राप्रपा र स्वतन्त्र सांसदलाई बोलाएर मुख्यमन्त्री शाहले मन्त्रीको सपथ लिई हाल्न अनुरोध गरिरहेका छन ।

शाह नेतृत्वको सरकारले सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय तोडेर पनि नागरिक उन्मुक्तिका बढी भन्दा बढीलाई मन्त्री बनाउने जुक्ति निकालेको स्रोतले बतायो । नयाँ सत्ता गठबन्धन सँग अहिले माओवादीका ११, एमालेका १० र समाजवादीका ४ गरी २५ जनाको बहुमत छ । नयाँ गठबन्धनले स्वतन्त्र सांसद डाक्टर तारादत्त जोशी पनि पूर्व एमाले भएकाले समर्थन गर्ने र नागरिक उन्मुक्ति २ जना आउने भएपछि २८ प्रदेश सभाको बहुमत हुने आँकलन गरिरहेको छ ।

clock शनिबार २६, फागुन २०८० ०९:३३

प्रतिक्रिया