नयाँ मन्त्री थपिए पनि सुुदूरपश्चिम सरकार अल्पमतमै

  शनिबार २६, फागुन २०८० ०८:५३

धनगढी । केन्द्रमा पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै प्रदेशहरूमा पनि पुरानो सरकार भत्काउने र नयाँ सरकार बनाउने प्रयास शुरु भएका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हिजो नागरिक उन्मुक्ति पार्टीका थप ३ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गरे पनि उहाँ अझै अल्पमतमा हुनुहुन्छ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । कांग्रेससँग १८ सांसद र नागरिक उन्मुक्ति पार्टीसँग ७ सांसद छन् । कांग्रेस नेतृत्वको सरकार जोगाउन अझै २ सांसद अपुग छ ।

बहुुमत पुर्‍याउन मुख्यमन्त्री शाहले राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाउने प्रयास थाल्नुुभएको छ।स्वतन्त्र सांसद तारा जोशी र राप्रपाकी खेमादेवी विष्टले साथ दिएमा सुुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकार नै कायम रहने छ ।

तर मन्त्रिपरिषद् विस्तार भएसँगै नागरिक उन्मुक्ति पार्टीभित्र विवाद भएको छ । पार्टीको निर्णय र नीतिविपरीत सरकार विस्तारमा सामेल भएको भन्दै केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले कारबाहीको चेतावनी दिनुुभएको छ ।

केन्द्रको सत्ता गठबन्धनलाई पनि सुदूरपश्चिममा सरकार बनाउन सहज छैन । नागरिक उन्मुक्ति पार्टीले साथ दिएमा मात्रै सुुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको सरकार बन्न सक्छ । 

clock शनिबार २६, फागुन २०८० ०८:५३

प्रतिक्रिया