सुदूरपश्चिममा चौथो पटक मन्त्रीमण्डल विस्तार, नाउपाका ३ जनालाई मन्त्रीमा नियुक्त

  शुक्रबार २५, फागुन २०८० २१:२२

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज चौठों  पटक सरकार विस्तार गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका २ जनालाई मन्त्री र १ जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शुक्रबार राती ९ बजे नवनियुक्त २ मन्त्री र १ राज्यमन्त्रीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिए ।

शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी आर्थिक मामिला मन्त्री, ईन्द्र गिरि भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र  खुशीराम चौधरी विना विभागिय मन्त्रीमा नियुक्त भएका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह सरकार अल्पमतमा रहेको छ ।

सुदूरपश्चिममा मुख्यमन्त्री शाहलाई कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा सदस्य गरी २५ जनाको समर्थन छ ।

संघीय सरकारका साझेदार एमाले, माओवादी र समाजवादीसंग भने २४ मत रहेको छ । प्रदेश सभामा एक जना स्वतन्त्र र एक जना राप्रपा सासंद रहेका छन् । उनीहरु कतै तिर खुलेका छैनन् ।

प्रदेशमा सरकार बनाउन २७ जना सासंदको समर्थन आवश्यक हुन्छ ।


 

clock शुक्रबार २५, फागुन २०८० २१:२२

प्रतिक्रिया