आयोगले रञ्जितालाई अध्यक्ष बनाएपछि रेशम अदालत जाने

  शुक्रबार २५, फागुन २०८० ११:३६

धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएका छन्।

निर्वाचन आयोगको निर्णय प्रतिशोधपूर्ण र आफूलाई अन्याय नै गर्ने गरी आएकोले अदालत जानुको विकल्प नरहेको रेशमको दाबी छ।

निर्वाचन आयोगले बिहीबार मात्रै नाउपाको अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार गर्दै रञ्जिता श्रेष्ठकै नेतृत्वलाई निरन्तरता दिने निर्णय गरेको थियो। हालै सम्पन्न भएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो।

चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए। तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगले जनाएको छ। रेशम र रञ्जिता पति-पत्नी हुन्।

clock शुक्रबार २५, फागुन २०८० ११:३६

प्रतिक्रिया