सुदूरपश्चिममा बिष्टद्वारा मन्त्री खान अस्वीकार

  शुक्रबार २५, फागुन २०८० १०:२२

धनगढी । सुदूरपश्चिममा राप्रपाकी सासंद खेमादेवी बिष्टले मन्त्री पद खान अस्विकार गरेकी छन्। अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गर्न मन्त्री अफर गरेकोमा राप्रपाकी बिष्टले नमानेकी हुन्।

शाहले राप्रपाकी बिष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जोशीलाई मन्त्रीमा नियुक्त गर्दै बिहीबार राति नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए। तर, राप्रपाले पार्टी केन्द्रले आन्दोलन घोषणा गरेका कारण तत्काल सरकारमा नजाने बताएपछि मुख्यमन्त्री शाहको सरकार विस्तार गर्ने योजना तुहिएको हो।

यता प्रदेशसभा सदस्य विष्टले भने पार्टीले सरकारमा सहभागी हुने वा नहुने विषयमा कुनै निर्णय नगरेका कारण अहिले हतार नगर्ने बताएकी छन्।

clock शुक्रबार २५, फागुन २०८० १०:२२

प्रतिक्रिया