नेकपा एमालेको सचिवालय बैठक बस्दै, भावी कार्ययोजना तय गर्ने

  शुक्रबार २५, फागुन २०८० ०७:१८

काठमाडौं । सत्ता समिकरण फेरिएपछिको राजनीतिक समीक्षा गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक बिहान ९ बजे बोलाइएको छ ।

सरकारमा सहभागी भएपछिको अवस्थामा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठकमा पार्टीले गरेको पछिल्लो निर्णयको समीक्षा तथा आगामी कार्ययोजनालगायतमा छलफल हुने बताइएको छ ।

पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा उठेका विषय नै छलफलका मुख्य एजेण्डा रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

clock शुक्रबार २५, फागुन २०८० ०७:१८

प्रतिक्रिया