नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

  बुधबार २३, फागुन २०८० २०:१६

काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ । नवनियुत्त मन्त्रीहरुले बुधबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनुभएको हो । उहाँहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनु भयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो ।

जसमा नेकपा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा सचिव रघुवीर महासेठसहित ८ जना रहेका छन् । कानून, न्याय तथा संसदीय मामिलामा पदम गिरी, रक्षामा हरि उप्रेती, महिला बालबालिकामा भगवती चौधरी, खानेपनी मन्त्रीमा राजेन्द्र राई, उद्योग मन्त्रीका रुपमा दामोदर भण्डारी, कृषि मन्त्रीमा ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारी मन्त्रीका रुपमा बलराम अधिकारीले शपथ लिनुभएको छ ।

माओवादीबाट नारायणकाजी श्रेष्ठले उपप्रधानसहित परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्ति बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलले पर्यटन मन्त्रीको शपथ लिनुभएको छ ।

अर्को दल नेकपा एसका तर्फबाट भानुभक्त जोशीले संघीय मामिला र धनबहादुर बुढाले शहरी विकासमन्त्रीको शपथ लिनुभएको छ ।

रास्वाका तर्फबाट भने सभापति रवि लामिछानेले उप्रधानसहित गृहमन्त्री, शिक्षामन्त्रीमा सुमुना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

clock बुधबार २३, फागुन २०८० २०:१६

प्रतिक्रिया