एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री हुने

  बुधबार २३, फागुन २०८० १९:५२

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री सहभागी हुने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा शहरी विकास मन्त्री बन्नेछन् ।

प्रचण्डले बुधबार नै नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरिसकेका छन् ।

clock बुधबार २३, फागुन २०८० १९:५२

प्रतिक्रिया