नेकपा एमालेबाट सुदूरपश्चिमका भण्डारी मन्त्री बन्दै

  बुधबार २३, फागुन २०८० १६:१०

धनगढी । सुदूरपश्चिमबाट नेकपा एमालेका दामोदर भण्डारी मन्त्री बन्ने भएका छन । नेकपा एमालले ८ जना मन्त्रीको टुंगो लगाएसँगै भण्डारी पनि मन्त्री बन्ने भएका हुन । तर मन्त्रालय भने तोकिएको छैन । 

भण्डारी बैतडीबाट प्रतिनिधि सभा सदसय जितेका थिए । उनले काँग्रेस नेतृत्वको गठबन्धनका नरेन्द्र कुवरलाई पराजित गरेका हुन ।  भण्डारी २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री थिए । उनी मंसीर ४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । २०७० र २०७४ सालमा पनि उनी सांसद बनेका थिए ।  

भण्डारी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान अध्यक्ष समेत हुन । २०४८ सालमा अनेरास्ववियू बैतडी जिल्ला कमिटीको अध्यक्ष बनेका भण्डारी २०५० मा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने । बैतडी जिल्ला अध्यक्ष हुँदै २०७५ सालमा नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनेका थिए ।

नेकपा एमाले रघुबिर महसेठको नेतृत्वमा ८ मन्त्री सहि सरकारमा जानेछ । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।  यस्तै पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् भने हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

clock बुधबार २३, फागुन २०८० १६:१०

प्रतिक्रिया