एमालेबाट यी हुन मन्त्री बन्नेहरू, मन्त्रालय टुंगिन बाँकी

  बुधबार २३, फागुन २०८० १५:३१

काठमाडौँ । एमालेले विष्णु पौडेल र विमला राई पौड्यालबाहेक गत वर्ष करिब दुई महिना मात्र मन्त्री बनेकाहरूलाई पुन: मन्त्री बनाउने भएको छ । रघुवीर महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेर सरकारको नेतृत्व गर्नेछन् ।

एमालेबाट पौडेलद्वयबाहेक गत वर्ष दुई महिना मन्त्री बन्नेहरू नै दोहोरिने, अन्य मन्त्री हुनेहरूमा राजेन्द्र राई, भगवती चौधरी, दामोदर भण्डारी, ज्वालाकुमारी साह, हरि उप्रेती र बलराम अधिकारी छन् । 

पदम गिरीले मन्त्रीको शपथ लिइसकेका छन् । उनीहरूलाई पुरानै मन्त्रालय दिने सम्भावना छ । नयाँ मन्त्रीहरूको शपथ आजै गराउने तयारीसमेत भएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको छ ।

यसअघि रास्वपा र माओवादीले मन्त्री बन्नेहरूको नाम टुंगो लगाइसकेको छ ।

clock बुधबार २३, फागुन २०८० १५:३१

प्रतिक्रिया