सुदूरपश्चिममा समर्थन फिर्ता लिन माओवादीले बोलायो संसदीय दलको बैठक
धनगढी । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्ने भएको छ । अहिले बिहान १० बजे दलको कार्यालयमा संसदीय दलको बैठक आह्वान गरिएको माओवादी संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिए । उनले आजै सरकारको समर्थन फिर्ता लिइने बताए ।
हिजो मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेपछि आज सरकारको समर्थन फिर्ता लिन माओवादी केन्द्रले संसदीय दलको बैठक आह्वान गरेको हो ।
मुख्यमन्त्री शाहले माओवादी बाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका रमेश धामी र राज्य मन्त्री गीता माललाई हटाएको थियो ।
आफ्ना मन्त्रीहरूलाई सरकारले बर्खास्त गरेको भोलि पल्टै माओवादीले आफ्नो समर्थन फिर्ता लिन लागेको हो ।
प्रतिक्रिया