एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा जाने नजाने निर्णय गर्ने

  बुधबार २३, फागुन २०८० ०८:१५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बुधबार) बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । 

नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने नहुने निर्णय गर्न पाटीको बैठक बस्न लागेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

यसअघिको गठबन्धनमा समेत सहभागी एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा समेत सहभागी हुन माओवादी केन्द्र र नेकपा एमलेको तीव्र दबाब छ।

दुवै पार्टीका अध्यक्ष नेपालको निवास नै पुगेर गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन्। मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीसहितका नेता नेपालको निवास कोटेश्वर पुगेका थिए।

clock बुधबार २३, फागुन २०८० ०८:१५

प्रतिक्रिया