नागरिक उन्मुक्ति पार्टीले बोलायो आकस्मिक बैठक

  मङ्गलबार २२, फागुन २०८० ०८:०२

धनगढी । नागरिक उन्मुक्ति पार्टीले आज आकस्मिक बैठक बोलाएको छ । बदलिएको राजनीतिक समीकरणपछि आगामी राजनीतिक कदम तय गर्न नाउपाले पार्टीका पदाधिकारी, प्रदेश र संघका सबै सांसदहरूलाई छलफलमा बोलाएको हो ।

पार्टीका महासचिव गंगाराम चौधरीले भने, ‘बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका छौ । पार्टीको निर्णय अनुसार अगाडि बढ्छौ । यसमा एकल निर्णय हुँदैन । पार्टीको हितमा भए सरकारमा जान्छौ । नभए बाहिर बस्छौ ।'

बैठक बिहान १० बजे बस्ने बताइएको छ । काठमाडौँमा बस्ने बैठकमा अनिवार्य उपस्थित हुन पनि पार्टीले निर्देशन जारी गरेको छ । 

clock मङ्गलबार २२, फागुन २०८० ०८:०२

प्रतिक्रिया