सुदूरपश्चिममा नागरिक उन्मुक्ति निर्णायक, मुख्यमन्त्रीमा दाबी

  सोमबार २१, फागुन २०८० १४:०६

धनगढी । कांग्रेससहित सत्ता गठनबन्धन भत्किएर एमालेसँगको नयाँ बन्न लागेको गठबन्धनमा सुदूरपश्चिम प्रदेश सरकार गठनमा भने नागरिक उन्मुक्ति निर्णायक हुने भएको छ । नागरिक उन्मुक्ति जता ढल्कियो उसैको प्रदेश सरकार बन्ने छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ सदस्य रहेका छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् । सरकार गठनका लागि २७ जना सांसद आवश्यक हुन्छन् ।

माओवादी केन्द्र र एमालेको सांसद संख्या २० जना मात्र हुन्छ । त्यस अवस्थामा नागरिक उन्मुक्ति अनिवार्य हुन्छ । त्यही गणितलाई मध्यनजर गर्दै नागरिक उन्मुक्तिका अध्यक्ष रेशमलाल चौधरीले सुदूरपश्चिममा मुख्यमन्त्री दाबी रहेको बताइसकेका छन् ।

clock सोमबार २१, फागुन २०८० १४:०६

प्रतिक्रिया