सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा बस्दै

  सोमबार २१, फागुन २०८० ०६:४५

काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहान आज बिहान बस्दै छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको खटपटसँगै सत्ता गठबन्धनको बैठक बिहान ८ बजे बोलाइएको छ ।

गठबन्धन फेरिन लागेको चर्चाकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको बैठक बोलाएका हुन् । बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुने चर्चाका बिच राजनीतिक गतिविधि पनि बढेको छ ।

नेकपा एमाले,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा व्यस्त छन् । नयाँ गठबन्धन निर्माणका लागि एमाले, रास्वपा र माओवादीबीच लिखित सम्झौताको तयारी भएका समाचारहरु बाहिरिएका छन् ।

 

clock सोमबार २१, फागुन २०८० ०६:४५

प्रतिक्रिया