त्रिकोणात्मक टी-२० सिरिज : नामिबियासँग नेपाल २० रनले पराजित

  मङ्गलबार १५, फागुन २०८० १६:४९

काठमाडौं । नेपाल नामिबियासँग पराजित भएको छ। त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो।

नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए।

त्यस्तै कुशल मल्लले ३२, सोमपाल कामीले ११ बलमा २६ रन तथा गुलशन झाले १२ रन बनाएका थिए।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक ४ विकेट लिए भने बेर्नार्ड स्कोल्ज, जान फ्राईलिंक र जान निकोलले २/२ विकेट लिएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो।

नामिबियाका लागि जान निकोलले १०१ रनको शतकीय पारी खेलेका थिए। उनले ३३ बलमा शतक  बनाउँदै  टी-२० मा कम बलमा शतक बनाउने नयाँ रेकर्ड बनाएका छन्।

यसअघि नेपालका कुशल मल्लले ३४ बलमा बनाएको शतक टी-२० को रेकर्ड थियो।  त्यस्तै मलान  क्रुगेरले  ५९ ,माइकल भान लिंगेनले २० रन बनाएका थिए। 

नेपाली बलर रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए।

अब सिरिजको अर्को खेल बुधबार नेपाल र नेदरल्याण्डसबीच हुनेछ।

clock मङ्गलबार १५, फागुन २०८० १६:४९

प्रतिक्रिया