ठेकराज माविको ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

  शनिबार १२, फागुन २०८० ०८:३३

धनगढी । ठेकराज माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका ११ घोड्सुवामा रहेको ठेकराज माविको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । 

स्कुल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग, पर्यटन,वन  तथा वातावरण मन्त्री सिंह धामी प्रमुख अतिथि रहेका थिए । 

ठेकराज माविको वार्षिकोत्सव कार्यक्रममा अध्ययनरत बिद्यार्थिहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रमका विभिन्न गतिविधि गर्दै आएको ठेकाराजले शुक्रवार भव्य कार्यक्रमको आयोजना गर्दै आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । विभिन्न खेल विद्यामा प्रथम, द्धितिय र तृतीय विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । 

clock शनिबार १२, फागुन २०८० ०८:३३

प्रतिक्रिया