सैनिक आवासीय र एसपिए विजयी

  सोमबार ०७, फागुन २०८० २०:३९

धनगढी । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासीय महाविद्यालय र सुदूरपश्चिमा अञ्चल (एसपिए) विजयी भएका छन। आज भएको पहिलो खेलमा क्रिसेन्ट सिटी विद्यालयलाई एक गोल प्रहार गरी सैनिक आवासीय महाविद्यालय विजयी भएको हो।

निर्धारित समय दुबै पक्षका खेलाडीहरूले गोल नगरी सकेपछि खेल पेनाल्टीमा गएको थियो जसमा सैनिक आवासीय महाविद्यालयले ५ गोल र क्रिसेन्ट सिटी विद्यालयले ४ गोल प्रहार गरी पराजित हुन पुगेको हो ।

धनगढीको रङ्गशालामा आज भएको दोस्रो पहिलो खेलमा पञ्चोदय माध्यमिक विद्यालयलाई एसपिएले १ गोलले विजयी भएको हो । एसपिएको तर्फबाट सन्दीप सिंह पहिलो हाप मै गोल प्रहार गरी एसपिएलाई विजयी दिलाएका थिए ।

लिटल फ्लावर स्पोर्ट क्लबले आयोजना गरेको श्री कलेज मेनेजमेन्ट धनगढीको कप २०८० को भोलि (मङ्गलवार) होलील्याण्ड एकेमी अत्तरिया र कैलाली माध्यमिक विद्यालय धनगढी बिच पहिलो खेल हुने छ भने दोस्रो खेल लोटस आई स्कुल अत्तरिया र एलायन्स मोडल स्कुल धनगढी बिच हुने क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

clock सोमबार ०७, फागुन २०८० २०:३९

प्रतिक्रिया