दीपेन्द्र श्वार मोमेरियल डीसीए कपको उपाधि लिटिल फ्लावरलाई

  शनिबार ०५, फागुन २०८० २१:५२

धनगढी । धनगढी क्रिकेट एकेडेमी(डीसीए)को आयोजनामा शनिबार सम्पन्न दीपेन्द्र श्वार मोमेरियल डीसीए कपको उपाधि लिटिल फ्लावर स्कुलले जितेको छ । 

फाप्ला क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा थ्रीस्टार स्कुललाई ७ विकेटले पराजित गर्दै लिटिल फ्लावर च्याम्पियन बनेको हो ।

थ्रीस्टारले दिएको  ६७ रनको लक्ष्य लिटिल फ्लावरले ११.१ ओभरमा ३ विकेट गुमाई भेट्टायो । खेलका म्यान अफ द म्याच लिटिल फ्लावरका रोशन रावलले ४ ओभरमा १ ओभर मेडन राख्दै १८ रन खर्चेर ४ विकेट लिए ।

विजेता लिटिल फ्लावरले ५० हजार नगद पाएको छ । यस्तै खेलाडीहरुले डीसीए दुई महिनाको छात्रवृत्तीमा प्रशिक्षण पाउँने छन् ।  

यस्तै उपविजेता थ्री स्टार स्कुलले ३० हजारसहित खेलाडीहरुले डीसीएमा दुई महिनाको छात्रवृत्ती पाए । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टेपिङ स्टोन स्कुलका मनिष कुँवर घोषित भए । उनले नगद ५ हजारसहित २ महिनाको छात्रवृत्ती पाए । 

उत्कृष्ट ब्याटर स्टेपिङ स्टोनकै किरन धामी र उत्कृष्ट बलर लिटिल फ्लावरका रोशन रावल घोषित भए । दुबै जनाले समान तीन हजार नगदसहित २ महिनाको छात्रवृत्ती पाए ।  

उदीयमान खेलाडी घोषित सुदर्शन पन्तले एक हजार नगदसहित डीसीमा २ महिनाको छात्रवृत्ती पाए । 

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भएको प्रतियोगितालाई दीपु सोसाइटी, एसपीए कलेज, एभरेष्ट बैंक, एनएमबी बैंक, गुरुकुल एकेडेमी, हाम्रो सहायक, ब्रेड बक्स द बेकरी क्याफेले साथ दिएका थिए ।

clock शनिबार ०५, फागुन २०८० २१:५२

प्रतिक्रिया