अन्डर–१९ राष्ट्रिय टी–ट्वान्टी क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

  बिहिबार ०३, फागुन २०८० २०:४६

धनगढी । सुशील कोइराला मेमोरियल अन्डर–१९ राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ।

कोहलपुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर–११ लाई २ विकेटले पराजित गर्‍यो। कोहलपुर क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा कोहलपुर मेयर–११ ले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले ८ विकेट गुमाएर अन्तिम बलमा भेटायो। अन्तिम बलमा १ रन आवश्यक हुँदा हिसिला खड्काले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई जिताइन्।

सुदूरपश्चिमको लागि ओपनर मनिषा बोहराले सर्वाधिक ४१ रन बनाइन्। प्लेयर अफ द म्याच घोषित बोहराले ४१ बलमा ५ चौका प्रहार गरिन्। कप्तान स्नेहा महराले १६ रन, निलम पाण्डेले ९ रन, रबिना साउद र अनु कडायतले समान ८ रन तथा हिसिला खड्काले अविजित ६ रन बनाए।

यसअघि टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर–११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनायो। सुदूरपश्चिमको बलिङमा अनु कडायत र स्नेहा महराले २÷२ विकेट लिए। उपाधि सहित सुदूरपश्चिम प्रदेशले एक लाख रुपैयाँ हात पार्‍यो। उपविजेता कोहलपुर मेयर–११ ले पचास हजार रुपैयाँ प्राप्त गर्‍यो।

clock बिहिबार ०३, फागुन २०८० २०:४६

प्रतिक्रिया