महाकालीले जित्यो दार्चुलाको राष्ट्रपति रनिङ शिल्डको उपाधि

  मङ्गलबार ०१, फागुन २०८० २०:३९

दार्चुला । राष्ट्रपति रनिङ शिल्ड, दार्चुलाको उपाधि महाकाली नगरपालिकाले जितेको छ। जिल्ला सदरमुकाम खलंगामा सम्पन्न १४ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी महाकालीले १९ स्वर्णसहित ३८ पदकका साथ रनिङ शिल्ड जित्न भएको हो।

महाकालीले १९ स्वर्ण, १० रजत र ९ कांस्य पदक जितेर महाकाली प्रथम भएको छ। मालिकार्जुन गाउँपालिका २० पदकसहित द्वितीय भएको छ। उसले ७ स्वर्ण, ६ रजत र ७ कांस्य जितेको छ। १८ पदक जिती मार्मा गाउँपालिकाका तृतीय भएको छ। मार्माले ६ स्वर्ण, ९ रजत र ३ कांस्य पदक जित्न सफल भएको छ।

प्रतियोगितामा अपीहिमाल र ब्यास गाउँपालिकाले स्वर्ण पदक ल्याउन सकेका छैनन्। करातेमा महाकालीले ११ र एथलेटिक्समा ७ स्वर्ण प्राप्त गरी प्रथम हुन पुगेको हो।

यस्तै नौगाड गाउँपालिकाले ४ स्वर्ण, ८ रजत, ८ कांस्य, शैल्यशिखर नगरपालिकाले ४ स्वर्ण, ४ रजत र १४ कांस्य, लेकम गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ५ कांस्य, अपिहिमाल गाउँपालिकाले १ स्वर्ण, १ रजत र २ कांस्य, दुहु गाउँपालिकाले १ रजत र ५ कांस्य तथा ब्यास गाउँपालिकाले १ रजत र १ कांस्य पदक जितेका छन्। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराते विधामा प्रतिस्पर्धा गराइएको थियो।

माघ २५ गतेबाट सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो। जिल्ला खेलकुद समितिका अध्यक्ष मानसिंह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख महादेव बडू ९कश्यप० रहेका थिए।

समापन कार्यक्रममा प्रतियोगितामा पदक प्राप्त गर्ने टीम र खेलाडीहरुलाई मेडल, शिल्ड र प्रमाणपत्र वितरण गरिएको छ।

clock मङ्गलबार ०१, फागुन २०८० २०:३९

प्रतिक्रिया