धनगढीमा भेट्रान कप क्रिकेट प्रतियोगिता हुने

  आइतबार २८, माघ २०८० ०६:१९

धनगढी । धनगढीमा अनुपमा कर्पोरेट लिग भेट्रान कप क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी चैत्र ३ गतेदेखि ११ गतेसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित चन्द्र सुर्य खेल मैदानमा भेट्रान कप आयोजना गरिने भएको हो ।

धनगढी पुरानो भन्सार रोडमा रहेको अनुपमा बेकरी एण्ड क्याफेको आयोजनामा होली पर्वको अवसरमा ३३ बर्ष पुगेका खेलाडीलाई सहभागि गराउने गरि प्रतियोगिता आयोजना भइरहेको आज आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । प्रतियोगिताको विजेतालाई नगद रु ५० हजार र उपविजेताले २५ हजार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु १० हजार,उत्कृष्ट व्याटर र बलरलाई जनही ५ हजार प्रदान गरिने छ । भने प्रतियोगितामा आर्कषण रुपमा ६ बलमा ६ छक्का प्रकार गर्ने खेलाडीलाई रु ६ हजार,६ बलमा ६ चौका प्रहार गर्ने खेलाडीलाई ४ हजार र ह्याट्रिक लिने बलरलाई ३ हजार पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।

वि।स २०४७ साल सम्मको नागरिकता भएका खेलाडीले मात्र खेल्न पाउने व्यवस्था गरिएको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ८ वटा टिमहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । भने प्रतियोगितामा सहभागिताको लागि १२ हजार टिम दर्ता शुल्क निर्धारण गरिएको छ ।

अनुपमा बेकरीको मूख्य प्रायोजन रहेको भेट्रान कप क्रिकेट केही पुर्व खेलाडीहरुको समुहले व्यक्तिगत लगानीमा संचालन गर्न गइरहेको बताइएको छ ।

clock आइतबार २८, माघ २०८० ०६:१९

प्रतिक्रिया