वडा कार्यालय भवन नबनुन्जेलसम्म घर निशुल्क उपलब्ध गराउने जयराज फुलाराको घोषणा

  बिहिबार ०४, मङि्सर २०८२ १०:२६

अत्तरीया । कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ निवासी जयराज फुलाराले आफ्नो  राजमार्गसँग जोडिएको पक्की घर वडा कार्यालय भवन नबनुञ्जेलसम्म निशुल्क उपलब्ध गराउने घोषणा गरेका छन्।

फुलाराले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गोदावरी नगरपालिकाको वडा नं. ६ को नयाँ वडा कार्यालय भवन निर्माण सम्पन्न नहुँदासम्म आफ्नो घर कुनै किसिमको भाडा नलिई अस्थायी रुपमा प्रयोग गर्न दिने प्रतिबद्धता जनाएका हुन्।

उनीले यो प्रक्रियालाई अघि बढाइदिन वडा नं. ६ का वडा अध्यक्ष, नगरप्रमुख ९मेयर०, प्रमुख प्रशासनिक अधिकृत तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन्। फुलारा सोही वडाका पुर्ब सदस्य पनि हुन् । 

clock बिहिबार ०४, मङि्सर २०८२ १०:२६

प्रतिक्रिया