कैद र जरिवाना भुक्तान गर्न बाँकी एक्काइस प्रतिवादी पक्राउ

  बिहिबार ०४, मङि्सर २०८२ ०७:०३

धनगढी । कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेका २१ जना फरार प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट खटेको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार अदालतको फैसलापछि ती प्रतिवादीहरु फरार भएका थिए । 

पक्राउ परेकाहरुले कुल तीन वर्ष नौ महिना आठ दिन कैद र २१ लाख ३१ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धान शाखाका गणेश नाथले जानकारी दिए ।

उनका अनुसार जिल्लाको विभिन्न स्थानमा लुकीछिपी बसेका अवस्थाबाट उनीहरु पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई कैलाली जिल्ला अदालतमा बुझाइएको छ ।

मङ्गलबारमात्रै प्रहरीले जेनजी आन्दोलनको क्रममा कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा तीनसहित ४५ प्रतिवादीलाई पक्राउ गरेको थियो । 

 

clock बिहिबार ०४, मङि्सर २०८२ ०७:०३

प्रतिक्रिया