ड्रिमर्स कप २०८२ मा स्वर्णिम शिक्षा सदन वीजयी
धनगढी । ‘टाइनी क्रिकेटर्स, बिग ड्रिम’ अर्थात् साना क्रिकेटर, ठुला सपना भन्ने नारासहित क्रिकेटको सहर धनगढीमा जारी ड्रिमर्स कप २०८२ मा स्वर्णिम शिक्षा सदनले वीजयी वीजयी भऐको छ ।
धनगढी क्रिकेट एकेडेमी (डिसिए) को खेल मैदानमा सञ्चालन भएको खेलमा सिसिएसलाई पराजीत गर्दै स्वर्णिमले वीजयी वीजयी भऐको हो ।
ड्रिमर्स कपको सातौँ दिनको पहिलो तथा प्रतियोगिताको एकतिसौं खेलमा सिसिएसलाई स्वर्णिम शिक्षा सदनले ४ विकेटले वीजयी भएको हो ।
टस जित्दै ब्याटिङका लागि मैदान प्रवेश गरेको सिसिएसले स्वर्णिम शिक्षा सदनलाई ५४ रनको लक्ष्य दियो ।
जवाफी ब्याटिङमा उत्रिएको स्वर्णिमले ६.५ ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै ४ विकेटले जित हात पार्न सफल भयो ।
उक्त खेलमा स्वर्णिमका सविन कार्किले आफ्नो टिमलाई जित दिलाउन नट आउट रहँदै १७ बलमा ३५ रन आर्जन गर्दै प्लेयर अफ द म्याच घोषित भए ।
प्रतिक्रिया