धनगढीमा धर्म–पशुपति स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुँदै

  शनिबार २७, माघ २०८० १२:५९

धनगढी । कैलालीको धनगढीमा धर्मदेव पशुपति स्मृति दोस्रो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० हुने भएको छ। पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि प्रतियोगिता हुने भएको हो।

प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता हुने पुलिस पब्लिक ब्याडमिन्टन क्लबका अध्यक्ष चेतराज जोशीले बताए। प्रतियोगितामा खुल्ला डबल्स, ४५ प्लस भेट्रान र ५५ प्लस भेट्रान गरी तीन विधा भएको छ।

तीनवटै विधाका विजयी खेलाडीहरुलाई नगद दुई लाख ४९ हजार पुरस्कार दिइने भएको छ। खुल्ला डबल्समा प्रथमलाई ६१ हजार,  द्धितीयलाई ४१ हजार र तृतीयलाई ३१ हजार पुरस्कारसँगै मेडल तथा ट्रफी प्रदान गरिने अध्यक्ष जोशीले बताए।

उनका अनुसार ४५ प्लस भेट्रान अन्तर्गत प्रथमलाई ४१ हजार, द्धितीयलाई ३१ हजार र तृतीयलाई २१ हजार नगद तथा ५५ प्लस भेट्रान अन्तर्गत प्रथमलाई ११ हजार, द्धितीयलाई ७ हजार र तृतीयलाई पाँच हजार नगदसहित ट्रफी, मेडल प्रदान गरिने छ।

clock शनिबार २७, माघ २०८० १२:५९

प्रतिक्रिया