धनगढीमा खुल्ला क्याम्पस स्तरीय भलिबल प्रतियोगिता सुरु

  सोमबार २२, माघ २०८० २०:१०

धनगढी । धनगढीमा खुल्ला स्तरीय भलीवल प्रतियोगीता सुरु भएको छ । सुदूरपश्चिमाञ्चल क्याम्पसको विद्यार्थी परिषद्को आयोजनामा खुल्ला क्याम्पस स्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रमका बिच नेपालि कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले उद्घाटन गरेका हुन । 

"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद"  भन्ने नाराका साथ आज देखि सुरु भएको भलिबल प्रतियोगिता २५ गते सम्म सन्चालन हुने छ । 

दूरपश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद्का अध्यक्ष कृष्ण पुजाराका अनुसार प्रतीयोगितामा १८ टीमको सहभागिता रहेको छ । 

प्रतियोगितामा प्रथम हुने टिमले ८८ हजार ८८८, द्वितीय हुनेले टिमले ५५ हजार ५५५, तृतीय हुने टिमले १२ हजार ५५५ र विधागत १२ हजार ५५५ रुपियाँ पुरस्कार पाउने छन् । 

clock सोमबार २२, माघ २०८० २०:१०

प्रतिक्रिया