विश्वकप लिग–२ श्रृंखला खेल्ने नेपाली टोलीको घोषणा

  आइतबार २१, माघ २०८० २०:५८

काठमाडौं । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत आसन्न श्रृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । फेब्रुअरी १५ देखि २४ सम्म हुने श्रृंखलाका लागि १५ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुल्शन झा टोलीमा छन् । पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, सूर्य तामाङ र रिजन ढकालले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

सूर्यले हालै सम्पन्न पीएम कप राष्ट्रिय क्रिकेटमा शानदार बलिङ गरेका थिए । प्रतिस जीसी, देव खनाल, अनिल शाह र विवेक यादव रिजर्भ खेलाडीका रुपमा रहेका छन् ।

उक्त श्रृंखलाअघि क्यानडासँग हुने श्रृंखलामा गुल्शन झा, करण केसी र अर्जुन साउदको स्थानमा हेमन्त धामी, अनिल शाह र आकाश चन्द राष्ट्रिय टोलीमा रहनेछन् । अन्य खेलाडीमा भने विश्वकप लिग– २ कै खेलाडी हुनेछन् ।

clock आइतबार २१, माघ २०८० २०:५८

प्रतिक्रिया