डोटीमा जीप दुर्घटना हुँदा चालक घाइते

  शनिबार २०, माघ २०८० १५:४८

डोटी । डोटीमा जीप दुर्घटना भएको छ। जिल्लाको सायल गाउँपालिका–४ भाल्माको कच्ची सडकमा जीप दुर्घटना भएको हो।

दुर्घटनामा चालक घाइते भएका छन्। आज (शनिबार) विहान जीप दुर्घटनामा परेर चालक भाल्माका ३९ वर्षीय मीनबहादुर बोगटी घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिए।

बिष्टका अनुसार बोगटीको दाँहिने खुट्टाको घुँडा, छाती र टाउकोमा चोट लागेको र उनको अवस्था सामान्य छ।

भाल्मादेखि सिलगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज ३९९ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो।

जीप करिब २५ मिटर तल खसेको अनुमान छ। जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ।

clock शनिबार २०, माघ २०८० १५:४८

प्रतिक्रिया